अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ५ जनाको मृत्यु !


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लागेकाे भीषण डढेलोका कारण कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको साक्रामेन्तो नजिकै पाँच जनाको शव जलेको अवस्थामा फेला पारिएको हो । दुवै क्षेत्रबाट फैलिकाे आगो तीव्र रुपमा बिस्तार हुँदै गएकाे छ । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हाे ।

डढेलाेकाे जोखिमयुक्त क्षेत्रका १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीले बताएका छन् ।

लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको वुल्फी फायरका प्रमुख राजमार्गसम्म बिस्तार भएको छ । वुल्फी फायर पाँच हजार ६ सय ६५ हेक्टर भन्दा बढी क्षेत्रमा फैलिएको छ ।

आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् । उक्त क्षेत्रमा धेरै सेलिब्रेटिको बसोबास पनि छ ।