पेट मिचिमिचि हँसाउने सिस्नुपानी देउसी २०७५ (भिडियो)


काठमाडौँ । दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।

ओली र प्रचण्डले तास एकता गरेपछि देउवालाई तनाब, पेट मिचिमिचि हँसाउने सिस्नुपानी देउसी पुरा भिडियो