जिल्लाकै नमूना वडा भवन उदघाटन


कालीवहादुर मल्ल, कालिकोट  । जिल्ला तिलागुफा नगरपालिका वडा नम्वर –६ मा निमार्ण भएको चार तले पक्की नमूना भवनको मंगलबार एक समारोहका विच उद्घाटन गरिएको छ ।


बेलायती सहयोग नियोग डिएफआइडीको सहयोग र ग्रामिण पर्ननिर्माण सस्था आरआरएनको सहजिकरणमा निर्माण भएको वडा कार्यालय भवनको प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावत र प्रदेससभा सदस्य कर्मराज शाहीले रिवन काटेर उदघाटन गरेका छन् ।
२ करोड १ लाखको लागत अनुमानमा सिलान्यास गरिएको भवन निमार्णमा १ करोड ५३ लाख मात्र खर्च भएको आरआरएन समादायिक विका कार्यक्रमका जिल्ला संयोजक लिलाराज न्यौपानेले वताए ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य रावतले कालिकोटको विकासका लागि गैरसरकारी सस्थाको महत्वपूर्ण भूमिका रहेको वताए ।
तिलागुफा–६ का वडाध्यक्ष धर्मराज शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा भवन निमार्णका लागि सहयोग गर्ने,डिएफआइडि,आरआरएन,निशुल्क जग्गा दाताहरु लगाएतलाई नगरपालिकाले सम्मान गरेको थियो ।