प्रधानमन्त्रीको तस्बिर बिगार्ने पक्राउ


काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेका छन् ।

कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ गरिएको ब्यक्ति बाटोमा प्रहरीले ल्याउदै गरेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खडकाले बताए । जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेपछि छानविन गर्ने एसपी खडकाले बताए ।

उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।