माइक्रोले ठक्कर दिँदा एक भैलो खेल्दै गरेकी महिलाको ज्यान गयो


धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका ६ खौला नजिकै माइक्रोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ६ खौला नजिकै नेपालगंजबाट रुकुमतर्फ आउँदै गरेको भे १ ज १००० नम्बरको माइक्रोले ठक्कर दिँदा सल्यान बागचौर नगरपालिका १२ की ३८ वर्षकी कल्पना ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही ठाँउकी २८ बर्षकी दुर्गा केसी गम्भिर घाईते भएकी छन् ।

देउसी भैलो खेल्दै हिडिरहेका उनिहरुलाई माइक्रोले ठक्कर दिंदा सो घटना घटेको स्थानीयको भनाई छ । घाइतेलाई थप उपचारको लागी नेपालगंज लगिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताउनुभयो । स्थानीयले चालकलाई कुटपिट समेत गरेका छन् । उनी सामान्य घाइते भएको बताइएको छ ।