तुलाधरको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ ।

आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएका तुलाधरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको तयारी रहेको छ । अहिले उहाँको शव लाजिम्पाटस्थित निवासमा राखिएको छ ।