आसियाका परिवार विदेशमा शरण लिने प्रयासमा


इस्लामावाद,(एजेन्स्ी)
मुश्लिम धर्मको अपमान गरेको अभियोग सुनाइएको मृत्युदण्डबाट हालै सफाई पाएकी पाकिस्तानी इसाइ महिला आसिया विवीका पतिले आइतवार संयुक्त अधिराज्य , संयुक्त राज्य अमेरिका र क्यानाडामा राजनीतिक शरणका लागि अनुरोध गरेका छन् ।

विगत आठ वर्षसम्म मृत्युदण्डको प्रतिक्षामा रहेकी आसिफालाई सर्वोच्च अदालतले सफाइ दिएको हो । आसिफालाई सन् २००९ को जुनमा छिमेकी महिलाहरुसंग सामानय झैझगडा हुँदा पैगम्वर मोहमदको अपमान गरेको अभियोग लगाइएको थियो ।

आसियाका पति आसिक मासिहले पाकिस्तानमा आफुहरु माथि ठूलो खतरा रहेको बताएका छन् । सर्वोच्च अदालतले उनी विरुद्ध पेश गरिएको प्रमाण फिल्मी भएको बताउँदै बुधवार उनलाई दिइएको मृत्युदण्ड उल्टाएको थियो । तर उनलाई अझै कारगारबाट भने मुक्त गरिएको छैन ।

आसिफालाई सफाइ दिए लगत्तै पाकिस्तानका विभिन्न शहरमा अतिवादी मुश्लिम समुहहरुले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । त्यसैगरी पाकिस्तान सरकारले आसिफालाई देश छाड्ने अनुमति पनि दिएको छैन ।

शनिवार उनका वकिल साइफ मुलुकले आफ्नो ज्यान खतरामा रहेको भन्दै पाकिस्तान छोडिसकेका छन् । असली नाम आसिया नोरिन रहेका आसिफालाई सन् २०१० मा पैगम्वरको अपमान गरेको अभियोग लगाइएको थियो ।
विश्वका थुप्रै मुलुकले आसिफलाई शरण दिन तयार रहेको जनाइसेका छन् । मासिहले भिडियो सन्देश मार्फत अमेरिका , वेलायत र क्यानडाका सरकार प्रमुखसंग शरणका लागि अनुरोध गरेका हुन् ।