डब्ल्युडब्ल्युडब्ल्युका निर्माता टिम इन्टरनेट स्थिति प्रति निरास


लन्डन (एजेन्सी)
वल्र्ड वाइड वेबको निर्माण गर्ने सर टिम बर्नर्स लीले आफु इन्टरनेटमा आफनो आविस्कारको स्थितिलाई हेरेर निरास भएको बताएकाछन् ।
रोयटर्सलाई दिएको अन्तरवार्तामा टिमले केही वेबसाइटमाथि घृणा फैलाउने सामाग्री मात्र आउने गरेको बताए । टिमले विशेषगरी ट्विटरको आलोचना गरेका छन् । राम्रो टिप्पणीको सट्टा नकारात्मक टिप्पणी किन धेरै फैलिन्छ भन्नेमा उनले आश्चर्य मानेका छन् ।
टिमले सरकारलाई ठुला बेबका ठुल–ठूला कम्पनीहरुमाथि केही अंकुश लगाउन पनि सुझाव दिएका छन् ।

युरोपको वैज्ञानिक संस्था सर्नमा कार्यरत वैज्ञानिक टिमले ८० को दशकमा वल्र्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु)को निर्माण गरेका थिए । टिमले भने– यदि तपाई ट्विटरमा प्रेमसँग सम्बन्धित कुनै कुरा लेख्नु हुन्छ भने त्यो त्यत्तिकै हराएर जान्छ तर यदि तपाई घृणाका सामाग्री लेख्नुहुन्छ भन्ने तत्काल फैलिन्छ ।

उनले आसंका ब्यक्त गर्दै भने– तपाईलाई किन त्यस्तो लाग्छ, ट्विटरले सायद आफुलाई घृणा फैलाउने माध्यमका रुपमा त स्थापित गरेको होइन् ?

हालैका दिनहरुमा ट्विटर, फेसबुक र अन्य कयौं सामाजिक सन्जाल वेबसाइटहरुले घृणा फैलाउने पोस्टलाई नियन्त्रित गर्न नसेककोमा उनीहरुको आलोचना भएको थियो ।

इन्टरनेटमा सकारात्मकता कम भएको र यो माध्यमबाट कसैलाई सशक्त गर्ने क्षमता पनि कम भएकोमा आफु निरास भएको टिमले बताए ।
सामाजिक सन्चार माध्यम वा इन्टरनेटमा कुराकानीको माध्यम केही कम्पनीहरुको हातमा सिमिट भएकोमा पनि उनले त्यसको आलोचना गरेका छन् । जसमा अमेजन, फेसबुक, गुगल, माइक्रोसफ्ट र एप्पल प्रमुख हुन् ।

यसअघि कुनै पनि कम्पनीले आफनो प्रभाव जमाउन सुरु गर्दा सरकारले त्यसमा हस्तक्षेप गरि सक्ती सन्तुलनको प्रयास गर्ने गरेको टिमले बताए ।
टिमले सचेत गराउँदै भने– ती ठूला कम्पनिहरुमाथि अंकुश लगाउनु अगाडी हामीले यो कदमले बजारलाई धरै नोक्सान नहोस् भन्ने तर्फ पनि ध्यान दिनु पर्छ ।