९ हजार भन्दा बढीलाई केरुङ पास


नेपाल समाचारपत्र, रसुवा
रोजगारका लागि चीनको केरुङमा जानको लागि ९ हजारभन्दा बढीले चाइना जाने पास लिएका छन ।
नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका ९ हजार ६ सय १४ जनाले लिएका रसुवागढी अध्यामगन कार्यालयले जनाएको छ । यो २०७२ असोज २८ गतेदेखि यही कार्तिक १५ गतेसम्मको तथ्याङ्क रहेका कार्यलयले जनाएको छ । कामका लागि भन्दे जिल्लाका नागरिकहरु चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा पुग्ने गरेका छन ।

रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन् । रसुवागढी–केरुङ सडक खण्डमा मालबाहक कन्टेनर सञ्चालन गर्दा चालकले एकतर्फी भाडा ७ हजार ५ सय पाउँछन् । जिल्ला बाहिरका नागरिकलाई एक दिने पासको व्यवस्था नभएका कारण सवारी पु¥याउने तथा ल्याउने काम रसुवाका चालकले गर्दै आएका छन् ।

एक तर्फी सवारी पु¥याएको साढे ७ हजार आउँने चालक राम तामाङले बताए । उनले नाका सञ्चालनमा आएपछि आफुले काम पाएको भन्दै खुशी व्यत्त गरे । होटल, डान्सबार, ट्रान्सर्पोट र ब्लक निर्माण लगायतका कार्यका लागि रसुवाका नागरिक केरुङ जाने गरेका छन । १४ वर्षदेखि २५ वर्षसम्मका किशोर किशोरी होटलमा रहेका देखिन्छ । कम उमेरमा नागरिकता बनाएर पास निर्माण गरी केरुङ जाने क्रम बढेपछि अध्यामगन तथा जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएका छन् ।

होटलमा काम गर्नेले न्यूनतम १५ हजारदेखि ३५ हजारसम्म आम्दानी गरिरहेका छन् । नाका सञ्चालनमा आएपछि जिल्लाबासीले कन्टेनर खरिद गर्ने क्रम बढेको व्यावसायी बताउँछन् । जसको कारण ट्रान्सपोर्टमा समेत जिल्लाबासीले रोजगार पाएका छन् ।

जिल्ला बाहिरका नागरिकका लागि एक दिने पास उपलब्ध गराउनका लागि नेपाली टोलीले चिनियाँ पक्षलाई अनुरोध गर्दै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘नेपाली टोलीले गरेको अनुरोधलाई स्वीकार गर्दै चिनियाँ पक्षले प्रक्रिया अघि बढाएका छन प्रनिअ पौडेलले भने यसको लागि अभ,ै समय लाग्ने देखिएको छ । चिनको केरुङ जानको लागि बाटो खुलेसँगै रसुवावासीको समेत आर्थिक स्तरमा वृद्धि भएको सरोकारवालाहरु बताउँछन ।