हुम्लामा हिमपात शुरु, उत्तरी गाउँमा माइनस १० डिग्री तापक्रम


अर्जुन बोहरा, सिमकोट
हुम्ला लगायतका हिमाली जिल्लाहरुमा विहान बाट हिमपात सुरु भएको छ । हुम्लामा भने आईतबार विहान साढे ६ बजे बाट यस बर्षकै पहिलो पटक हिमपात भएको हो । हिंपात हुँदा हुम्लाका उतरी सिमान जोडिएको चिनको ताक्लाकोटमा भने व्यापरीहरु अलपत्रमा परेको तिब्तको ताक्लाकोट बाट व्यापरी दावा लामाले टेलिफोन मार्फत जानकारी गराउनु भयो ।

हिमपातले उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम भने माइनसमा झरेको छ । उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो बढेको छ । हिमपात सँगै हवाईजहाजको उडान समेत बन्द भएको छ । हिमपात भएर हिल्सा सिमकोट सडक खण्डको नारा लेक पनि बन्द भई सामान ढुवानीका साधन सहित व्यापरी सर्वसाधरण समेत नेपालममा फर्कन समस्या भएको ताक्लाकोटमा व्यापरी गर्दै आउनु भएका सिमकोट २ निवासी लालु भण्डारीले बताए । उनले हुम्लाको उतरी सिमान हिल्सा संग जोडिएको तिब्तको ताक्लाकोटकै सडक भएर व्यापारि सामान सहित मानिस आउने भएकाले हिमपातकै कारणले कसरी नेपालमा छिर्ने चिन्ता व्यक्त गरेका छन ।

नेपाल तर्फको कच्ची सडक बिग्रेको र नारा लेकमा बाटो बन्द भएकै कारणले सडक निमार्ण नहुँदा सम्म जिल्लामा आउने सामान सहित व्यापरी समेत तिब्बतको ताक्लाकोटमा थन्कीनु परेको अर्का व्यापरी लामु लामाले बताईन् । एकासी हिंपात हुँदा कार्तिके वाली नाली घरमा भित्राउन समेत किसाहरु लाई समस्या पारेको ताँजकोट गाउँपलिका वडानं ३ निवासी परिमल नेपालीले चिन्ता व्यक्त गर्नु भयो ।
हुम्लाका उतरी उच्च भुभागमा सेताम्य बाक्लो हिउँले ढाकिएको माहावौद्ध मावि याल्वाङ्ग बाट शिक्षीका विमाला शाहीले बताइन । लगातार हिउँ पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो । सरकारी गैरसरकारी कार्यलयहरुमा भने आगो तापेर कार्यलय संचालन गरेका छन । आईतवार सिमकोटको तापक्रम माईनस १० डिग्रीमा झरेको छ ।