प्रमको स्वास्थ्यमा उल्लेख्य सुधार, माछा खान हुने डाक्टरको भनाइ


काठमाडौं, (नेस) । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको र ज्वरो नियन्त्रणमा आएकाले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो । अस्पतालले प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिने बताउँदै उपचारमा संलग्न डा. अरुण सायमीले भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिने र मुखबाटै खुवाइने जानकारी दिनुभयो ।

स्वास्थ्यमा सुधार आएसँगै बुधबार बिहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गर्नुभएको थियो । डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दालभात खान दिइएको थियो । बुधबार प्रधानमन्त्रीले आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोध्नुभएको र लगत्तै डाक्टरले हुन्छ भनेपछि मगाइएको अस्पताले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो ।