केयू योग साधना पीडितको उपचारमा, मृगौला फेर्न ५२ हजार


मोतीराम तिमल्सिना, काभ्रे
दुबै मृगौला फेल भई डाईलोसिस गराई रहेका ओखलढु्ंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नम्वर ७ रावादेलुम घर भई काठमाडौको बौद्ध बस्दै आएका ३९ बर्षिय पृथ्वीबहादुर खत्रीलाई धुलिखेल २८ किलो निबासी विभिन्न क्षेत्रमा कृयाशील ब्यक्तिहरुले ५२ हजार ७ सय ५ सहयोग गरेका छन् ।

केयु् योग साधन केन्द्र अध्यक्ष सिता सुवेदी, खाईवा लामा, विष्णु शर्मा र प्रदिप थापा लगायतको अगुवाइमा धुलिखेलको २८ किलोमा रकम संकलन गरिएको थियो । संकलित रकम नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सना मार्फत योग साधना केन्द्रका पदाधिकारीहरु सहित पृथ्वीबहादुरको श्रीमती राधिका खत्री र छोरी प्रतिमा खत्रीलाई हस्तान्तरण गरिएका थियो ।

योग साधना केन्द्रले यस अघि आफ्ना योग साधकहरु मार्फत संकलित रकम ४३ हजार ३ सय ४८ रुपैया भुकम्प पीडितलाई, धुलिखेलकी मैना कपालीलाई ९ हजार ६ सय २०, बाढी पीडितलाई १४ हजार ६ सय ५५, पाठेघरको क्यान्सर भएकी महिलाका लागि ११ हजार ३ सय, रामेछापको कालि मगरलाई १० हजार ७ सय ५०, धुलिखेलका कान्छा मगरका लागि १६ हजार ५ सय, नुवाकोटका बाबुराम दर्लामीलाई ५ हजार ७ सय, धुलिखेलकै गिता भुजेललाई ३७ हजार ७ सय र ओखलढुंगाका पृथ्वीबहादुर थापालाई ५२ हजार ७ सय ५० रुपैया संकलन गरी हस्तान्तरण गरिएको केन्द्रका कोषाध्यक्ष विष्णु शर्माले बताए ।

पृथ्वीबहादुर खत्री बैदेशिक रोजगारको क्रममा टाउको दुखेर अस्पताल पुग्दा नेपाल फर्काईएको थियो । टाउको दुखेर अस्पताल पुगेका खत्री नेपाल फर्किदा दुवै आँखा देख्न सक्दैन थिए । दुबै मृगौला फेल भएका कारण उनलाई त्यो समस्या देखिएको अस्पतालले जनाएको छ । श्रीमतीले मृगौला दिन खोजे पनि रगत समूह नमिलेका कारण उनको मृगौला डाइलोसिस गराईरहेको छ । रगत समूह मिलाएर मृगौला प्रत्यारोण प्रकृयालाई १५ लाख भन्दा धेरै खर्च हु्ने भएकाले धुलिखेलका समाजसेवीहरुले रकम संकलन गरेका हुन् ।

योग अध्यक्ष सिता सुवेदी स्याङ्गजा, प्रभात पोल्ट्रि फर्मका विष्णु शर्मा, धुलिखेलका खाईवा लामा र भत्तपुर सुडालका प्रदीप थापाको सकृयतामा उक्त रकम संकलन गरिएको थियो । नगदका साथै चामल तथा खाद्यान्न समेत संकलन गरिएको थियो । रकम उपलब्ध गराउने हरुमा खाईवा लामा ५ हजार, सिता सुवेदी २ हजार, उत्सव केसी ५ हजार, प्रेम कार्की ३ हजार १ सय, विश्वराम सैजु ३ हजार, बद्री लखाजु ३ हजार, उत्सवप्रसाद कुइँकेल २ हजार, कृष्णबहादुर तामाङ, चम्पा दाहालले २ हजार सहयोग गरेका छन् । त्यस्तै अञ्जु थापा, सीता थापा, कृष्णकुमारी पुनः, सुदर्शन पौड्याल, भोला रायमाझी, अनिल थापा, हरिप्रसाद तिमल्सिना, सचिन्द्र ग्यारेज, राम लामा, लक्ष्म्ण लामा, विशष्णु शर्मा, शरण लामा, नानु कुइँकेलले एक÷एक हजार उपलब्ध गराएका छन् ।

अस्मिता लामाले १ हजार ३ सय र वडा सदस्य कृष्णमणि कुइँकेलले १ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् । सुवास प्याकुरेल, प्रदीप थापा, ध्रुव खरेल, राजेश चौधरी, अनिल श्रेष्ठ, नसाद भाई, इम्तियाज भाई, राजेन्द्र श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, जुवारलाल लामा, सुन्दर श्रेष्ठ, जितबहादुर खड्का, राजन कुईकेल, पञ्चराम तामाङ, दिनेश पन्त, राजु श्रेष्ठ र दीपा श्रेष्ठलगायतले ५÷५ सय उपलब्ध गराएका छन् । त्यस्तै काठमाडौ अटो इन्जिनियरिङ्गबाट ८ सय रुपैया उपलब्ध भएको छ ।