भोलीबाट गुणीयचक्र राष्ट्रिय सम्मेलन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।

क्वालिटि सर्कल्स इन एजुकेशन फर स्टुडेण्ट्स पर्सनालिटी डिभलपमेण्ट (क्वेष्ट नेपाल ) द्धारा आयोजित विद्यार्थीहरुको गुणीय चक्रको १४ औं राष्ट्रिय अधिवेशन भोलीदेखि शुरु हुने भएको छ । सम्मेलन तीनदिनसम्म हुनेछ । सम्मेलनमा अमेरिका, स्वीट्जरल्याण्ड र श्रीलंकाबाट र नेपालका १७ जिल्लाबाट छनौट भएका १ हजार २ सय विद्यार्थीको सहभागिता रहने सम्मेलनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गर्नुहुने भएको छ । ग्यालक्सी पब्लिक स्कूल, ज्ञानेश्वर, काठमाण्डौमा आयोजना हुँदैछ ।

सम्मेलनमा झापा, सुनसरी, मोरङग, बारा, मकवानपुर, धनुषा, चितवन, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट ९० विद्यालयका सहभागि जनाउने भएका छन् । सम्मेलनमा २ सय पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै क्वेष्ट नेपालका सदस्य एवं राष्ट्रिय सम्मेलनका प्रेस संयोजक मोहनकुमार कार्कीले सम्मेलनमा सहभागि विद्यार्थीको क्षमता विकास गर्न कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

विद्यार्थीहरुको गुणीय चक्र (एसक्यूसी) विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो । सन् १९९९ देखि देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नविनतम शैक्षिक क्रियाकलापको रुपमा भित्रिएको एसक्युसिको सन् २००५ देखि हरेक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गरेको छ ।

समान बिचारधारा भएका शिक्षाविद्हरुद्धारा विद्यार्थीहरुको गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सार्थक सामाजिक, असल र चलाख विद्यार्थीहरु उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको क्वेष्ट नेपालले देशभर विभिन्न जिल्लामा हव संचालन गरेको छ ।

हाल २ सय भन्दा वढि विद्यालयहरुमा सहायक पाठ्यक्रम तथा पाठ्यक्रमको रुपमा विद्यार्थीहरुको गुणीय चक्रको प्रशिक्षण तथा पठनपाठन भईहरेको जानकारी गराउदै क्वेष्ट नेपालका सल्लाहकार एवं ग्यालेसी स्कुलका संस्थापक प्रिन्सिफ गिता राणाले विद्यार्थीहरुको क्षमतावृद्धीको लागि एसक्युसी कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो । उहाले भन्नुभयो–यो कार्यक्रमले विद्यार्थीहरुको एकल अस्तित्वलाई अस्विकार गरी अरुको अस्तित्व स्थापित गर्न मद्धत गर्नेछ । उहाले समुहकार्यको लागि एसक्युसीको भुमिका महत्वपुर्ण रहेको जानकारी दिनुभयो ।

विद्यार्थीहरुको गुणीय चक्रको अवधारणालाई नेपालमा प्रा दिनेश प्रसाद चापागाईँले सन् १९९९ मा भित्रयाउनु भएको हो । विद्यार्थीहरुको गुणीय चक्रको अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागु गरिएको गुणीय चक्रको अवधारणाबाट लिईएको हो । विद्यार्थीहरुको गुणीय चक्र विश्वका २५ भन्दा वढि देशहरुमा निकै लोकप्रिय भईरहेको छ ।

हरेक वर्ष देशव्यापि रुपमा क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणीय चक्र प्रर्वद्धनका लागि स्थानिय सम्मेलन र क्षेत्रीय सम्मेलन पछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गरेको छ । यस वर्ष देश भरीका २० वटा हबहरुवाट छानिएका विद्यार्थी प्रतिनिधिहरुले विद्यार्थीहरुको गुणिय चक्रको कार्य प्रतिवेदनको प्रस्तुतीकरण गर्ने छन् ।

सम्मेलनमा विद्यार्थीहरुले आफ्नो विद्यार्थीहरुको गुणिय चक्र मार्फत ६ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्दछन्। व्द्यिार्थीले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनिहरुले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीहरुको गुणीय चक्रबाट अन्य फाइदाहरु के के पाए भन्ने कुराहरु दर्शाउँछन् । सम्मेलनमा विद्यार्थीहरुले ै कोलावोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, क्वालिटि हाजिरी जवाफ, प्यानल डिस्कसन, मनशा स्मृति सर्व गुणीय व्यक्ति अवार्ड कार्यक्रममा सहभागि हुनेछन् ।

यसको अलावा बिद्यार्थीहरुले जिम्न्याष्टिक फर अल, फुटबल इग्लिङ्ग, बिज्ञान सम्वन्धी कार्यशाला, डिजिटल कार्यशालामा समेत सहभागी बनी जीवन जियने कला सिक्नेछन् हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।