नेपाल समाचारपत्र, पाल्पा ।
संघियताको कार्यान्वयनको क्रममा स्थानीय तह संचालनकालागि आवश्यकपर्ने कानून आवश्यकपर्ने भएकाले तानसेन नगरपालिकाले दुइवटा राजपत्रको प्रकाशन गरी सार्वजनिक अर्थात लोकार्पण गरेको छ ।
नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी स्थानीय राजपत्रको संगालो र प्रथम चौमासिक खर्च सार्वजनिक गरेको हो । । नगर सभाबाट पारित ११ ऐन १९ नियमावली स्थानीय नगर सरकार प्रमुख अशोककुमार शाही, प्रदेश सभा सदस्यद्वय डा. पुरनमान बज्राचार्य र बीरबहादुर रानाद्वारा संयुक्त रुपमा मंगलवार लोकार्पण गरेका हुन ।
नगरसभाद्वारा २०७४ र ०७५ सालमा पारित ऐन नियमावली राजपत्रमा समावेश रहेका छन् ।
कार्यक्रममा प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएकोले काूनूनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद वीरबहादुर रानाले नगरापालिकाले विकास निर्माण कार्यलाई अघि वढाउदा जनताले सेवा पाउनेगरी गर्न सुझाव दिदै सडकको गुणस्तर कायम, करको दर वृद्धि र पटके सवारी कर उठाउने विषयमा नगर सरकारले पुर्न्विचार गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले गरेका राम्रा काम जनताका बीच लैजान नसक्दा पनि समस्या भएको विचार व्यक्त गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तले कानुन कार्यान्वयन भएको सन्देश समुदायमा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार मेघराज शर्माले कानुन जनताले थाहा पाउने अवस्था बताउनुपर्नेमा जोड दिए ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले प्रथम चौमासिकमा चालुतर्फ ९४ प्रतिशत र पूँजीगत तर्फ ५ प्रतिशत मात्र प्रगति हासिल भएको बताए ।
सडकको मापदण्ड ८ मिटर तोकिएकाले यस विषयमा वडास्तरमा छलफल लैजाने तयारी गरिएको उनले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले ४ सय ५३ वटा योजना स्वीकृत भएकोमा ५७ वटा नगरमा र ३ सय ९६ वटा वडामा रहेको जानकारी दिए ।
राजपत्रको प्रकाशनसँगै स्थानीय कानुनहरु लागू भएका छन् ।











प्रतिक्रिया