लोटे बने भुटानको प्रधानमन्त्री


काठमाडौंं, । भुटानको प्रधानमन्त्रीमा लोटे छिरिङ नियुक्त भएका छन् । उनलाई सोमबार भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले प्रधानमन्त्रीमा नियुक्त गरेको कुइन्सेल अनलाइनले उल्लेख गरेको छ  ।

लोटे ड्रुक न्यामरुप छोग्पा (डीएनटी) पार्टीका अध्यक्ष हुन् । उनले यही नोभेम्बर ७ अघि आफ्नो मन्त्रिपरिषदका सदस्य छनोट गर्नेछन् । उनको दलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छिरिङले संविधानअनुसार राजासमक्ष नामावली पेस गरेकाहरूलाई मन्त्रिपरिषद्को सदस्यका रूपमा छनोट गर्नेछन् ।’

गत सेप्टेम्बर १५ र अक्टोबर १८ मा संसद्का ४७ सिटका लागि भएको चुनावमा डीएनटीले ३० सिट जितेको थियो । सन् २०१३ मा राजनीतिमा प्रवेश गर्नुअघि छिरिङले मोन्गार अस्पतालमा कन्सल्टेन्ट सर्जनका रूपमा काम गरेका थिए ।