सशस्त्र प्रहरी बलका ६ जना एसएसपी डीआईजीमा बढुवा


काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई बिहीबार डीआईजीमा बढुवा गरेको छ ।

बढुवा हुनेमा क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री रहेका छन् । बढुवा समितिले ६ कात्तिकमा उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो ।