हेटौंडा–सिस्नेरी–काठमाडौं जोरबिजोर प्रणाली लागू


हेटौंडा,(नेस)
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–सिस्नेरी–काठमाडौं सडक अवरुद्ध गर्नेलाई कारबाही गरिने बताउनुभएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालासँगको छलफलमा मुख्यमन्त्री पौडेलले विभिन्न बहानामा सडक सञ्चालनमा अवरोध भएको भन्दै सडक निर्वाधरुपमा सञ्चालन गर्न निर्देशन दिनुभयो ।

सडक साँघुरो भएका कारण जोरबिजोर प्रणाली लागँ गर्नुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो । छलफलले हेटांैडा–काठमाडौं ओहोरदोहोर गर्ने सार्वजनिक सुमो यातायातको हकमा हेटांैडा–कुलेखानी–फाखेल–काठमाडौं रुटमा जोर बार जोर नम्बरका सुमो र हेटौडा–कुलेखानी–सिस्नेरी–काठमाडौं रुटमा बिजोर बार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय भएको छ ।

यसको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र यातायात व्यवसायी संघले संयुक्तरुपमा मिलाउने निर्णय गरिएको छ । यातायात सहजताका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंसँग आवश्यक समन्वय गरी निर्णय कार्यान्वयन गर्ने÷गराउने निर्णय भएको छ ।

सडकका ठेक्काहरु प्रदेश सरकारमा हस्तान्तरण भइनसकेको अवस्थामा सडक डिभिजन कार्यालय काठमाडौं र मकवानपुरले निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई ३ दिनभित्र सम्पर्कमा आएर आवश्यक मर्मत गरी यातायात सुचारु हुनसक्ने अवस्थामा ल्याउन पत्राचार गर्ने निर्णय भएको छ ।

संघीय सरकारमातहत रहेको दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडकखण्डमा नेपाल सरकारबाट सम्झौता भएर चालँ रहेका ठेक्का आवश्यक प्रक्रिया पँरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयबाट प्रदेश सरकार भौतिक पँर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने छलफलबाट निर्णय गरिएको छ । विभिन्न बहानामा यातायात अवरुद्ध भएको भन्दै मुख्यमन्त्री पौडेलले यस विषयमा चासो लिनुभएको थियो ।

भौतिक पँर्वाधार विकास मन्त्री केशव स्थापितले सडक सञ्जालमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । उहाँले अन्य वैकल्पिक मार्ग सञ्चालन गरे थप सजिलो हुने प्रष्ट पार्नुभयो ।

छलफलमा प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, मन्त्रालयका सचिवहरु रमेश शिवाकोटी, रुद्रा शर्मा, यातायात व्यवसायी र डिभिजन सडक कार्यालयका इञ्जिनियरलगायत सहभागी थिए ।