म्याग्दीको प्रचार गर्दै टोली हेटौंडामा


हेटौंडा,(नेस)
म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचारप्रसार भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

‘म्यादी घुम्न जाऔं, पर्यटकीय सौन्दर्यतामा रमाऔं, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मँल नारासाथ संघमा आएको भ्रमण टोलीलाई संघ अध्यक्ष कष्ण कटुवालले टीका तथा पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष कटुवालले जिल्ला तथा संघको वस्तुस्थितिबारे जानकारी गराउँदै भ्रमण सफलताका साथै जिल्लाबाट भ्रमण वर्षकै समयमा आउने वाचा गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष तथा मँल संयोजक उत्तमकुमार कर्माचार्यले जिल्ला समन्वय समिति, बेनी नगरपालिका तथा गाउँपालिकाहरु धौलागिरि, मंगला, अन्नपँर्ण, मालिका र रघुगंगा, म्याग्दी विकास मञ्च, म्याग्दी प्रवासी नेपाल संघ (मोला) तथा प्रवद्र्धक नेपाल पर्यटन बोर्ड एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–४ का साथै अन्य सहयोगी संस्थाहरु नेपाल पत्रकार महासंघलगायतको सहकार्यका म्याग्दी भ्रमण वर्ष २०७५ आयोजना गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रमा दुवै उद्योग वाणिज्य संघका तर्फबाट मायाको चिनो एकअर्कालाई प्रदान गरिएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले संघका गतिविधि र यहाँको वस्तुस्थितिबारे बताउँदै भ्रमण वर्षमा आउने वाचा व्यक्त गर्नुभएको थियो ।

भ्रमण टोलीमा म्याग्दी उवा संघका अध्यक्ष श्रेष्ठ, पँर्व अध्यक्षद्वय सुदर्शनकुमार श्रेष्ठ, सँर्यप्रसाद मरासिनी, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, महासचिव लीलाराम गौतम, सचिव सुवर्ण रिजाल, कार्यसमितिका भँमिनाथ सापकोटा, टेकप्रसाद सापकोटा, यामबहादुर खड्का, मंगला बजार एकार्इं समितिका हुमनाथ पाण्डे, महिला उद्यमी विकास समिति महासचिव विष्णुकुमारी गुरुङ, सचिव डिलु घताने, धौलागिरि पर्यटन विकास समिति अध्यक्ष अमरबहादुर बानियाँ, मंगला गाउँपालिका उपप्रमुख सृजना केसी, बेनी नगर अध्यक्ष एवम् प्रचारप्रसार संयोजक गोविन्द पौडेल, ६ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता मालिका गाउँपालिका सन्तनाथ जैसीलगायत सहभागी थिए ।