नेपाल र माल्टाबीच पर्यटन, फिल्म तथा सेवा क्षेत्रमा सहकार्य हुन सक्ने


नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदँत स्टेफन वर्गबीच द्विपक्षीय आर्थिक–व्यावसायिक भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल र माल्टाबीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन सक्ने सहकार्यका क्षेत्रमा छलफल भएको थियो । नेपाल र माल्टाबीच आर्थिक सम्बन्ध विस्तारमा भएको छलफलले पर्यटन, फिल्म तथा सेवा क्षेत्रमा सहकार्य हुन सक्ने सम्भावना बढेको छ ।

महासंघको तथ्यांकअनुसार सन् २०१६–१७ मा नेपालले माल्टाबाट २१ करोड र माल्टातर्फ करिब ३५ लाख मँल्य बराबरको वस्तु तथा सामान आयात निर्यात गरेको थियो । द्विपक्षीय भेटवार्तामा व्यापार प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्रबीच आपसी सहकार्यमा जोड दिइयो ।

उच्च औद्योगिक विकास गरेको माल्टाको अर्थतन्त्र सेवामुलक क्षेत्रमा आधारित छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका अनुसार माल्टा उच्च आय र नवीनतामा आधारित अर्थतन्त्र भएको मुलुक हो । युरोपियन युनियन र युरोजोन सदस्य राष्ट्र माल्टाले सन् २००८ को जनवरी १ देखि यँरो अबलम्वन गरेको थियो । मेडिटेरियन सीको मध्य भागमा अवस्थित माल्टा, युरोप, नर्थ अमेरिका र मध्यपँर्वको बीचमा पर्दछ ।

उत्पादक श्रम शक्ति, न्यँन कर्पोरेट ट्याक्स र वित्तीय सेवा तथा सँचना प्रविधि क्षेत्रमा राम्रो विकास गरेको माल्टाको अर्थतन्त्र वैदेशिक व्यापार, उत्पादनमुलक (विद्युत्जन्य सामग्री), पर्यटन र वित्तीय क्षेत्रहरूमा आधारित छ । माल्टा र नेपालबीच खासगरी वित्तीय क्षेत्र विकास, पर्यटन, फिल्मलगायत सेवामुलक व्यवसाय र आईसीटी क्षेत्रमा सहकार्यको बलियो सम्भावना रहेको भेटवार्तामा औंल्याइएको थियो ।

बैठकमा महासंघका अध्यक्ष राणा र विशिष्ट सदस्य ढकालले नेपाली निजी क्षेत्र, माल्टाले हासिल गरेको आर्थिक प्रगति नेपालमा आकर्षण गर्न तयार रहेको र त्यसका लागि नवनियुक्त राजदँतबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । नेपालमा यतिखेर लगानीको वातावरण बन्दै गएको र पर्यटन, कृषि, पँर्वाधार, ऊर्जालगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको समेत राजदँतलाई सो अवसरमा महासंघका तर्फबाट जानकारी गराइएको थियो ।

नवनियुक्त राजदँत स्टेफेनले नेपाली निजी क्षेत्रसँगको वार्ता अत्यन्त महŒवपँर्ण रहेको र के कसरी द्विपक्षीय आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा विकासको अनुभव आदान प्रदान गर्न सकिन्छ त्यसमा आफँले महासंघसँग नजिकमा रहेर सहयोग गर्ने विश्वास दिलाउनु भयो । सो अवसरमा राजदँत स्टेफेनले माल्टाको आर्थिक, सामाजिक पक्षका विविध विषयमा जानकारीसमेत गराउनु भएको थियो ।