दराज डटकमले सेल डे आयोजना गर्दै


काठमाडौं, (नेस)
अनलाइन साइट दराज डटकमले सेल डे आयोजना गर्ने भएको छ । दराजले नोभेम्बर ११ मा विश्वभर मनाइँदै आएको ‘वल्र्ड विगेस्ट सेल डे’ नेपालमा पनि आयोजना गर्न लागेको हो ।

नोभेम्बर ११ का दिन दराजले दराज डटकममार्फत अत्याधिक छुटमार्फत सामग्री तथा सेवा बिक्री गरिने आइतबार राजधानीमा पत्रकार सम्मेलन जानकारी गराइयो ।

दराजका प्रबन्ध निर्देशक राजीव अमात्यले कम्पनीले आयोजना गर्दै आएको ब्ल्याक फ्राइडेको विकल्पको रुपमा नोभेम्बर ११ मा सेल डे आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले नयाँ रणनीतिअनुसार कम्पनीलाई थप विस्तार गर्दै ग्राहकको सुविधाको लागि दराज हब विस्तार गदै लाने बताउनुभयो । चिनियाँ कम्पनी अलि बाबाले दराजको मुख्य कम्पनीलाई खरिद गरेपछि यसअघिको रणनीति परिवर्तन कम्पनीको नीति अनुरुप नेभेम्बर ११ सेल डे मनाउन लागिएको अमात्यको भनाइ छ ।

उक्त दिन आयोजना हुने सो सेल डेमा कम्पनीले १ लाखभन्दा बढी माग आउने अनुमान कम्पनीले जनाएको छ । यसका लगि कम्पनीले आन्तरिक तयारी गरिरहेको छ । सो दिन ग्राहकले भारी छुट अफर, फ्ल्यास सेल्स, ब्रान्ड भौचर, मिस्ट्री बक्स, र अन्य उपहार प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ ।