बिल्डिङ एन्ड कस्ट्रक्सन एक्पो हुने


काठमाडौं, (नेस)

नवीनतम् प्रविधिको प्रयोग गरी सुरक्ष्ँित आवास निर्माणबारे एकैथलोमा जानकारी दिने उद्देश्यले आगामी मंसिर ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको बिल्डिङ एन्ड कस्ट्रक्सन एक्पो आयोजान हुने भएको छ ।

सुरक्षित र दिगो निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर मुख्य आयोजना हुने मेलामा निर्माण क्षेत्रमा भित्रिएका नवीनतम् प्रविधि प्रदर्शन हुनेछन् । ल्यान्ड एन्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एन्ड फर्निसिङ, स्टिल, इँटा तथा मार्बल, विद्युतीय सामग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायत गरी २ सय बढी स्टल रहनेछन् ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक तथा बिक्रेतालगायत सबै सरोकारवाला पक्ष्ँलाई एकै ठाउँमा ल्याएर सुरक्ष्ँित र दिगो आवास निर्माणबारे सँचना दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको युथ कम्युनिटी फरनेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले जानकारी दिनुभयो ।