अन्तराष्ट्रिय पोल्ट्री सिम्पोजिम शुरू


चितवन, (नेस)
चितवनको भरतपुरमा आइतबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजिम शुरू भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना शुरु भएको पोल्ट्री सिम्पोजिम नौ देशका तीन सयभन्दा बढी वैज्ञानिक सहभागी छन् ।

सिम्पोजिममा मँल आयोजक समितिका अध्यक्ष एवम् कृषि तथा पशु विज्ञान विश्वविद्यालयका डिन प्राडा शारदा थपलियाले कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा ११५ वैज्ञानिक र अनुसन्धानमँलक कार्यपत्र पेश हुने जानकारी दिनुभयो ।

गोष्ठीमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भँटान र इजिप्टका वैज्ञानिक सहभागी छन् । विभिन्न विश्वविद्यालयका विज्ञ, कुखुरापालन क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञ, व्यावसायिक किसानसहित यस क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, कृषि तथा पशु विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, डा. होमबहादुर बस्नेत, विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिलगायतले बोलेका थिए । तीन दिनसम्म सञ्चान हुने सो गोष्ठीमा लिखित र मौखिक कार्यपत्र प्रस्तुत गरिनुका साथै त्यसमामाथि छलफल हुनेछ ।