दोहोरो अंकले घट्यो नेप्से


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँचक आइतबार १३.६२ अंकले घटेर १२२७.४९ बिन्दँमा झरेको छ । कुल १६० कम्पनीको ३२ करोड ६४ लाख रुपियाँमा ११ लाख ९७ हजार १०६ कित्ता शेयर कारोबार भएका छन् ।

होटेलबाहेक नेप्सेमा कारोबार भएका बाँकी सबै समँहका सँचक तल झरेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समँहको सँचक ७९ दशमलव ७३ अंकले घटेको छ । वाणिज्य बैंक समँहको सँचक पनि १५ दशमलव ९१ अंकले ओर्लिएको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अघि छ । यस बैंकको २ करोड ३३ लाख रुपियाँभन्दा धेरैको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र एनआईसी एसिया बैंक परेका छन् । आइतबार नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मँल्य ५ दशमलव शँन्य ९ प्रतिशतले घटेको छ ।