टुर्बोगको ड्रिम बिग प्रोजेक्ट शुरु


नेपाल समाचारपत्र, काठमाडौं

अन्तर्राष्ट्रिय कोल्याबोरेसन ‘स्टे ओपन’को व्यापक सफलतापछि टुर्बोगले ‘आर्बिट्ररी ग्रुप’को सहकार्यमा सफलतापँर्वक टुर्बोग ओपन सेसन्स् ल्याएको थियो । अब ‘टुर्बोग ओपन सेसन्स्’अन्तर्गतकै ‘ड्रिम बिग प्रोजेक्ट’ल्याउँदै छ ।

टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’बाट शुरु भएको थियो र हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युव च्यानल ‘च्यानल आर्बिट्ररी’मा गीत प्रदर्शन भईरहेको छ । उक्त ओपन सेसन्स्मा मनोज कुमार केसी, विधान श्रेष्ठ, दीपक बज्रचार्य, उदय सोताङ, शितल मोक्तान, श्रेया सोताङ, रोहित जोन क्षेत्री, स्वप्न सुमनलगायतका कलाकार छन् ।

ओपन सेसन्स्मा अलिअलि, प्रिय, तिमीलाई सम्झी, माछी मारन, म हुँ म, कुनै दिन, जीवन, उ पो को होला, तिमी र म, रानी वनैमा, किन हो किन, अपराधी, बिर्सिने हौ कि, औल्याई सक्यो जस्ता गीत समावेश गरिएको छ । उक्त गीतले सामाजिक सञ्जालमा कुल २० लाख दर्शकमार्फत ३० लाख भ्यु पु¥याई १ करोड चोटी प्रभाव पार्न सफलभएको छ ।

टुर्बोग ओपन सेसन्स्, एउटा युट्युव श्रृंखला हो जसमा, लोकप्रिय तथा चल्तीका नेपाली कलाकारको स्टुडियोमा प्रत्यक्ष प्रसारण गरिन्छ । पुराना नेपाली लोकप्रिय गीतदेखि चल्तीका गीत समावेश गरिन्छ । उक्त डिजिटल प्ल्याट्फर्ममा नेपाली संगीतलाई विभिन्न शैलीमा प्रस्तुत गरिन्छ ।

टुर्बोगको अन्तर्राष्ट्रिय सांगीतिक ट्रयाक स्टे ओपनको अवधारणालाई पछ्याउँदै टुर्बोग ओपन सेसन्स् शुरु भएको हो । उक्त ट्रयाक, टुर्बोग ओपनका लागि अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनिस गायिकामा को सहकार्यमा रेकर्ड गरिएको थियो । ट्रयाकको नेपाली संस्करणको लागि ¥यापर लाउरे र गायक तथा संगीतकार बिपुल क्षेत्रीले ओपन टु मोर को औचित्यलाई प्रस्तुत गर्र्दै ट्रयाकको शब्द पुनः लेखन गरेका थिए ।

टुर्बोगको सहयताले नेपाली कलाकार लाउरे र बिपुलले अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य गरी एक कोल्याबोरेटिभ गीत र भिडियो प्रस्तुत गर्न सफल भए ।

टुर्बोग ओपन सेसन्स् को सांगीतिक योजनाकार मनोज कुमार केसी रहेका छन् । केसी र काठमाडौ ज्याजकन्जरभेटरीको सहयोगमा यो परियोजना सम्भव भएको हो ।

टुर्बोग ओपन सेसन्स्को सफलतापछि, ड्रिम बिग प्रोजेक्ट शुरु हुँदैछ । ड्रिम बिग प्रोजेक्ट, टुर्बोग ओपन सेसन्स्को एउटा भाग हो।

एक वेभर्पोटल तयार पारिएको छ । जसमा इच्छुक गायकवा ब्याण्डले आफ्नो रचनावा अरु कलाकारको गीत प्रस्तुत गरी अपलोड गर्न सक्नेछन् । अपलोड भएका सबै भिडियोमध्ये, १० जना उत्कृष्ट गायक वा ब्याण्डको छनोट हुनेछ ।

छनोट भएका प्रतियोगीले काठमाडांै ज्याजकन्जरभेटरी र टुर्बोग ओपन सेसन्स्का संगीतकारसँग काम गर्ने मौका पाउने छन् । छनोट भएका भिडियोपछि च्यानल आर्बिट्ररी र टुर्बोग ओपन सेसन्स्को फेसबुक पेजमा अपलोड हुनेछ ।