काठमाडौं, (नेस)
निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता प्रदान गरेको छ। शुक्रबार बसेको आयोगको पदाधिकारी बैठकले नामको विवाद टुंग्याउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको हो।
तत्कालीन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा उजुरी हालेको थियो।
कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज आग्रह गरेको थियो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरू ईला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले शुक्रबार दुई दलको फरकफरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको थियो।











प्रतिक्रिया