नेपाल समाचारपत्र, पोखरा।
सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पोखरामा शुरू भएको छ ।पोखरा रंगशालामा शुरु भएको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र शरद् भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भिड्दै छन् ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।
। प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता यही कार्तिक २० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।











प्रतिक्रिया