बुद्ध एयरले पोखराबाट भारत र चीन उडान गर्ने


नेपाल समाचारपत्र, काठमाडौं
निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारत र चीनमा उडान गर्ने भएको छ । कम्पनीले स्थापनाको २१ वर्ष पँरा गरी २२औंं वर्षका प्रवेश गरेको अवसरमा बुद्ध एयरका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत तथा चीनमा अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेकोे जानकारी दिनुभयो ।

‘बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संञ्चालनमा आएपछि १४ वटा विमानबाट भारत र चीनका प्रमुख शहरमा उडान गर्ने तयारीमा छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो।
अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्नेको योजना रहेको उल्लेख गर्दै उहाँले ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने बताउनुभयो ।

बस्नेतले भन्नुभयो–‘ रणनीतिक साझेदार कम्पनीको ३० प्रतिशत शेयर हिस्सा रहनेछ,भने ३० प्रतिशत पब्लिकको शेयर र १० प्रतिशत हवाई क्षेत्रमा आउने चाहने प्रतिष्ठित व्यक्ति वा संस्थालाई दिइने छ । तर, आन्तरिकतर्फ बुद्ध प्राइभेट लिमिटेड कम्पनीकै रुपमा रहनेछ।’

अन्तर्राष्ट्रिय उडानपछि सर्वसाधारणमा शेयर बिक्रीको तयारी

पोखराबाट पर्यटकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय उडानका लागि कम्पनीले एटीआर, जेट तथा एयरबसको सहकार्यमा उडान भर्ने तथा कम्पनीको नाम बुद्ध एयर इन्टरनेसनल रहने यहाँले बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बजार भनेकै कामदार आगमन र बहिर्गमन हो यसको प्रभाव भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्नेछ, विशुद्ध पर्यटकको लागि भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्छ, यस्को लागि चुनौती र अवसर दुवै रहेको उहाँको भनाइ छ ।

बस्नेतले बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान थालेपछि नाफामा गएको खण्डमा मात्र पब्लिकलाई शेयर दिने बताउनुभयो । बिचक्राफ्ट विमानबाट ११ अक्टोबर सन् १९९७ मा व्यावसायिक उडान शुरु गरेको बस्नेतले बताउनुभयो ।

बुद्धसँग हाल साना ठूला गरी ११ वटा विमान छन्। ७२ सिट क्षमताको ६ वटा एटीआर ७२–५००, ४७ सिट क्षमताको ३ वटा एटीआर ४२–३२० र १९ सिट क्षमताको २ वटा बीचक्राफ्ट १९०० डी विमान छन् ।

वार्षिक १५ लाख यात्रुलाई सेवा प्रदन गदै एयरले भारतको बनारससहित आन्तरिक उडानमा १५ गन्तव्यमा उडान भर्दै आएको छ ।