बच्चा चोर्ने पुर्व डाक्टरलाई सफाइ


म्याड्रिड,(एजेन्सी)
स्पेनको राजधानी म्याड्रिड स्थित एक अदालतले महिलाहरुका नवजात शिशुहरु चोरेर निशन्तान दम्पतिहरुलाई उपलब्ध गराउने अभियोग लागेका एकजना पुर्व डाक्टरलाई सोमवार सफाइ दिएको छ ।

अदालतले ति ८५ वर्षिय यौन रोग विशेषज्ञ एडुआर्डो भेलाबाट अपराध भएको ठहर भएपनि सो अपराध भएके समय निकै नै पुरानो भइसकेकाले उनी विरुद्धको मुद्धा खारेज गरिएको जनाएको छ ।

फासिस्ट तानाशाही जनरल फ्रान्कोको शासनकालपछि यसरी हुने गरेका नवजात शिशुको अवैध बेचविखन कार्यलाई लिएर मुद्धा चलाइनेमा एडुआर्डो पहिलो व्यक्ति हुन् । त्यतिवेला यस्ता हजारौ घटना भएको हुनसक्ने अनुमान गरिएको छ । भेलाको मुद्धा सन् १९६९ मा अपहरण गरिएको बताइएका इनेस म्याड्रिगलमाथि केन्दि«त रहेको छ ।

स्पेनको सन् १९३६ दखि १९३९ सम्म चलेको गृहयुद्धमा फ्रान्कोको विजयपछि फासुवादी सरकारले रिपब्लिकन परिवारहरुका बच्चाहरुलाई जवर्जस्ती लुटेर अन्य परिवारहरुलाई उपलब्ध गराइने गरिएको थियो ।