आप्रवासी बोकेको चार्टर्ड विमानलाई आउन नदिने


रोम (एजेन्सी)
आप्रवासीलाई एक चार्टर्ट विमानबाट इटाली पठाउने जर्मनीको योजनाका सम्बन्धमा समाचार बाहिर आएपछि इटालीले कडा निति लिएको छ । अति दक्षिणपन्थिी गृहमन्त्री माटियो साल्विनीले देशको विमानस्थल नै बन्द गर्ने धम्की दिएका छन् ।

जर्मनीले आफुले सरण दिएका केही आप्रवासीलाई चार्टर्ड विमानबाट इटाली पठाउने योजना बनाइरहेको समाचार बाहिर आएको थियो । साल्विनीले आइटबार ट्विट गरेका थिए ,यदि बर्लिन वा ब्रसल्समा कुनै गैर अधिकृत चार्टर्ड विमानका माध्यमबाट दर्जनौं आप्रवासीलाई इटाली पठाउने सोच बनिरहेको हो भने त्यसको लागि विमानस्थल उपलब्ध नहुने कुरा उनीहरुले बुझ्नु पर्नेछ ।

आप्रवासीको उद्धार डुंगालाई आफने बन्डरगाहमा स्थान नदिने इटालीको केही महिना पुरानो फैसलालाई नजिरका रुपमा उल्लेख गर्दै हवाइ अड्डा पनि त्यसरी नै बन्द गर्ने उनले उल्लेख गरेका थिए ।

जर्मनको संवाद समिति डिपीएले आइतबार इटालीले सरण नदिएका आप्रवासीहरुलाई बर्लिनले चार्टर्ड विमानबाट इटाली मै फिर्ता पठाउन लागेको समाचार प्रकासित गरेको थियो । आप्रवासी बोकेको पहिलो चार्टर्ड विमान सोमबार र अर्को विमान अक्टोबर २७ मा प्रस्थान गर्न ेउल्लेख गरिएको थियो । आप्रवासीहरुमा धेरैजसो नाइजेरियाली छन्, जसले इटालीको मार्ग भएर युरोपेली संघमा प्रवेश गरेका थिए ।

जर्मनीको आप्रवासी कार्यालयले सरण माग्नेहरुलाई पत्र लेख्दै डब्लिन नियम अनुसार उनीहरुलाई तत्काल इटाली फिर्ता पठाउने चेतावनी दिइरहेको इटालीको ला रिपब्लिका अखबारले जनाएको थियो ।

यसैबीच जर्मनीको गृहमन्त्रालयले आइतबार आगामी दिनमै आप्रवासीलाई इटाली पठाउने उसको कुनै योजना नभएको जनाएको छ ।