भरतपुरमा रहेका पसलहरुमा आगलागी, ठुलो क्षतिको अनुमान


चितवन।  भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय रोडमा रहेका पसलहरुमा सोमबार राती आगलागि भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडिको चोकमा रहेका किराना, दुध डेरी, फेन्सी पसलमा आगलागि भएको हो ।

आगलागिबाट ठुलो क्षेती भएको अनुमान गरिएको छ  । राती ९ः१५ मा लागेको आगो राती ११ः१० मा नियन्त्रणमा लिईएको थियो । आगलागी के कारणले भयो भन्ने बारे खुलेको छैन् । सो घर दुर्गामणी गौतमको रहेको बताईएको छ । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।