पहिलो महिला सि.डी.ओ पुस्तक लाकोर्पण


काठमाडौ (नेस) । उषा नेपालद्वारा लिखित पुस्तक पहिलो महिला सी.डी.ओ लोकार्पण गरिएको छ । नेपालको पहिलो महिला सी.डी.ओ उषा नेपालद्वारा लिखित यो पुस्तक आत्मवृतान्त हो । सताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व गृहमन्त्रि योगप्रसाद उपाध्य, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी, पुर्व राजदुत कमल कोइराला, समाजसेवी शान्ति घिमिरे ले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तक माथि बोल्दै सताब्दी पुरुष सत्यमोहन जोशीले लेखक निडर, साहसी प्रतिकका रुपमा तत्कालिन अवस्थामा चिरपरिचित अनुहार रहेको र वर्तमान समयमा बजारमा आएको पुस्तकले नेपाली समाजको तत्कालिन समयमा महिलाले भोग्नुपरेको समस्याको चित्रण, उल्झन गर्दै सफलताको पाठ पढाउने बताउनुभयो । लेखकले आगामी दिनमा पनि पुस्तक लेखेर समाजलाई आफनो भोगाई बाडनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।

बिशेष अतिथी पुर्व प्रधानमन्त्री भरतमोहन अधिकारीले घोष्टराईटिंग नेपालले केही समय अघि मात्र आफ्नो पुुस्तक संसददेखि संविधानसम्म ल्याएको फेरि उहि प्रकारको कार्यक्रममा सहभागि हुदा खुशी लागेको बताउनुभयो ।
पुर्व गृहमन्त्री योगप्रसाद उपाध्यायले आफुले महिलालाई हैन काबिल मान्छेलाई सिडिओ बनाएकोमा सरकारी भान्जीको उपाधी पाएको बताउनुभयो ।
पुर्व राजदुत कमल कोईरालाले पुस्तकले नेपाली समाजको नेपाली महिलाको लागि प्रेरणा दिएको बताउनुभयो ।

समाजसेवी शान्ति घिमिरेले उषाको जिवनबाट नेपाली महिलाले सर्घषको पाठ सिक्ने दस्तावेजको रुपमा पुस्तक आएको बताउनुभयो । विराटनगरको नेपाली राजनीति र प्रशासनमा उच्चा स्थान रहेको भन्दै उहाँले उषा पनि विराटनगरकै चेलीले यस्तो एकल महिलाको रुपमा दुःख खेपेर अगाडी आउनु त्यो पनि आजभन्दा ६० बर्ष अघि चानचुने कुरा नभएको बताउनुभयो ।

घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले नेपाली समाजको ईतिहास बनाउन आफुहरुले हरेक ब्यक्तिको किताब तयार गरिरहेको र त्यो सानो ठुलो समाजको पहिलो दोस्रो नभनि अगाडी बढिरहेकोमा उषा नेपालको पुस्तकले नेपाली समाजको महिला मनोविज्ञान उच्च पार्ने बताउनुभयो ।

लेखक उषा नेपालले आफु एकल महिला भएको र त्यो १३ दिनको क्रिया बस्दा र सेतो लाउदा फिल नहने तर समाजले र घरले विधवाको ब्यबहार गर्दै गएपछि फिल हुने बताउदै पढाईले मात्र नेपाली महिला अगाडी जान सक्ने बताउनुभयो । पुस्तकले नेपाली महिलालाई केही बन्न सक्छु भन्न सिकाएमा आफुआभारी हुने बताउनुभयो ।