बालमैत्री शासनको सूचक पूरा गर्दै स्थानीय सरकार


नेपाल समाचारपत्र, कालिकोट
जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सुचकहरु पुरा गरेको छ । यि वडाले नेपाल सरकार बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ असार २१ गते निर्धाण गरिएका २८ वटा सूचक पुरा गरेका हुन ।

राष्ट्रिय रणनीतिका २८,सस्थागत १२ र १६ वटा खुडकिला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने तिलागुफा नगरपालिका प्रमुख रतनवहादुर शाहीले वताए । सेभद चिल्ड्रेन किर्डाक नेपाल कालिकोटको सहजिकरणमा बाल सहभागिता,बाल बिकास,बाल संरक्षण सम्वन्धि सूचकहरु पुरा भएका छन् ।

बाल सहभागिता सम्वन्धि ६ वटा,बालबिकास सम्वन्धि ५,बाल संरक्षण सम्वन्धि ५ वटा र बाल बचाउ सम्वन्धि ९वटा सूचकहरु पूरा भएको बालमैत्री स्थानीय शासनयुक्त घोषणा पूर्व अनुगमन समितिका सदस्य एवम जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालवहादुर मल्लले बताए ।

बाल संरक्षण अन्तरगत हिंसा दुव्र्यवाहार,बाल बिकास अन्तरगत शिक्षा,बाल सहभागितमा स्वास्थ्य सम्वन्धित सूचकहरु रहेका छन् ।

सत प्रतिशत सूचक पुरा भएपनि शिक्षा र बाल संरक्षणका केहि सूचकहरु ८० प्रतिशत पुरा भएको तिलागुफा नपा–१ का वडाध्यक्ष कटुवालले वताए । उनले वडाभित्रका केहि विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री सौचालयको अपुग रहेको जानकारी गराए ।

जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमन पश्चात सोमबार सदरमुकाम मान्ममा वसेको बैठकले अनुगमन गरिएका तिलागुफा नगरपालिकाका १ र ३ वडालाई यहि कार्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने मिति तय गरेको छ ।