पत्रकार खड्काको पुनः खोजी गर्न आग्रह


नेपाल समाचारपत्र, डोटी
बाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु) को अवस्था डेढ महिना बितिसक्दा समेत अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य पुन ः गर्न आग्रह गरेका छन ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल स्थित पिपल्ला बजारमा सोमबार बिहान प्रेस युनियन संग आबद्ध पत्रकारहरुले पत्रकार तेजु खड्का खोई भन्दै दबाब मुलक ¥याली समेत निकालेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापन अध्यक्ष समेत रहनु भएका तेजु खड्का गएको भदौ ९ गते बडीमालिका मेला हेर्न गएका बेला बाट हराएका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाको चौथो अधिबेसनको अवसर पारी डोटीका प्रेस युनियन संग आबद्ध पत्रकारहरुले तेजु खड्काको खोजीकालागि पुःन लागि पर्न सबैमा आग्रह गरेका हुन् ।

त्यस्तै नेपाल पत्रकार महाँसंघक केन्द्रिय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ बाजुरा डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोमबार विहान सुदूरपश्चिम पृतनापती उपरथी झंकरबहादुर कडायत संग भेट गरी अहिले सम्म भएका प्रयास र आगामी दिनमा खोजी गर्न सकिने अवस्थाका बारेमा छलफल भएको पत्रकार मोहन शाहीले बताउनु भयो ।

प्रेस युनियन डोटी साखाका संस्थापक अध्यक्ष हुदै रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल केन्द्रिय प्रसारणमा समेत काम गरेका पत्रकार खड्का केहि बर्ष यता देशी बाजुरा स्थित रेडियो बुढीनन्दामा कार्यरत रहनु भएको थियो ।

पत्रकार खड्का हराएको केहि दिन देखि नै स्थानिय स्तरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानिय बासीको समेत परिचालन गरी खोजी गरिए पनि प्रतिकुल मौसम र अप्ठेरो अवस्थाका कारण खोजी कार्य प्रभावकारी हुन नसकेको बताई पछि पत्रकारहरुले पुन खोजी कार्य गर्न आग्रह गरेका हुन ।