गुन्डानाइके समीरमा कारागारमै रहने


काठमाडौं, (नेस) । सर्वोच्च अदालतले गुन्डानाइके समीरमान सिंह बस्न्यातको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा खारेज गरेको छ । न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले सोमवार उक्त निर्णय गरेको हो । सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन् ।

सर्वोच्चले गुन्डा नाइके समीरमानको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षिकरण मुद्दा खारेज गरेको छ । समिरमानको हकमा सुविरमान सिंह बस्न्यातले गत असोज १६ गते कारागार कार्यालय नख्खु ललितपुर र गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गराउनुभएको थियो ।

यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका गुन्डा नाइके बस्नेतलाई बन्दी प्रत्यक्षिकरण मुद्दाका लागि सर्वोच्च ल्याउन आदेश दिइएको थियो । अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्न्यातको बन्दी प्रत्यक्षिकरणको रिट खारेज भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा समीरमानलाई भारतबाट पक्राउ गरी गत मंसिर १७ गते सार्वजनिक गरेको थियो ।