डोटीमा प्रहरीको नयाँ सुरक्षा व्यबस्था लागु

0
Shares

विमल विष्ट, डोटी ।
यस बर्षको दशै तथा तिहारलाई शान्तिपुर्ण बनाउन जिल्ला प्रहरी कार्यालय डोटीले बनाएको नयाँ शुरक्षा ब्यबस्था लागु भएको छ । दशै तथा तिहारलाई बिषेश महत्व दिई बनाईएको योजनामा प्रहरी प्रमुख आफै खटिने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपि बिद्यानन्द माझीले दिनु भएको जानकारी अनुसार दशै तथा तिहारमा हुने अपराधिक गतिबिधि तथा घट्नाहरुलाई निरुत्साहित गर्न तथा त्यस्ताखाले घट्ना हुन नदिन बनाईएको यो योजना लागु भएको हो ।

एसपि माझीले दिनुभएको थप जानकारी अनुसार दशै तथा तिहारको समयका लागि यहाँका बिभिन्न ठाउहरुमा प्रहरीका ७ वटा अत्याधुनिक हतियार सहितका पट्रोल तथा पिकेट टोली परिचालन भएका छन्,भने बित्तिय संघ,संस्था,आर्थिक कारोबार हुने क्षेत्र तथा बढी मानिसको भिडभाड र चहल पहल हुने क्षेत्र र ठाउहरmमा प्रहरी अधिकृतको कमान्डमा चौबिसै घन्टाका लागि प्रहरी तैनाथ भएका छन् ।

त्यस्तै डोटी प्रहरीले बनाएको यो नयाँ शुरक्षा ब्यबस्था योजनामा प्रयाप्त मात्रामा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनु भयो । उहाँले भन्नु भयो ‘पट्रोलिङ टोलीकै हाराहारीमा हामीले सादा पोशाकका प्रहरी पनि परिचालन गरेका छौ,उनिहरुको सूचनाका आधारमा अन्य रणनिती तय हुने छ ।’

चाडबाडको समयमा कुनै पनि घट्ना भए गरेमा वा हुनसक्ने संकेत भएमा तत्कालै प्रहरी प्रमुखको नम्बर (९८५८४३५५५५) र निशुल्क नम्बर १००,११० तथा कार्यालयको नम्बर ०९४ ४२०२०५ मा खबर गरिदिन समेत प्रहरीले सबैमा आग्रह गरेको छ ।