नेपाल समाचारपत्र, काठमाडौं ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता आएका छन्।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिकाबाट हिडेका थिए। प्रधानमन्त्री ओली न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेर स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।











प्रतिक्रिया