नेपाल समाचारपत्र, ललितपुर ।
नेपालको सुनचाँदी व्यवसायमा महत्वपूर्ण योगदान पु¥याउने तीन जना व्यक्तित्वलाई सम्मान गरिएकोे छ ।
गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले विहीबार आयोजना गरेको तेस्रो गोल्डेन डायमण्ड दशैं तिहार मेला’ उद्घाटन समारोहमा ती व्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० वर्षदेखि सुनचाँदी व्यवसायीमा संलग्न भाई बज्राचार्य र पृथ्वीमान शाक्यलाई सम्मान गरिएको हो ।उहाँहरुलाई प्रदेश नं ३ का सांसद् शोभा शाक्यले सम्मानपत्र, ज्वेलरीका अध्यक्ष ज्ञानुराजा शाक्यले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
सो अवसरमा सांसद् शाक्यले नेपालको परम्परागत र मौलिक व्यवसायमा समयक्रमसंगै विभिन्न चुनौतीको सामना गर्नुपरिरहेको बताउँदै त्यसको संरक्षण, प्रर्वद्धनका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
नयाँ नयाँ डिजाइनका गरगहना एउटै थलोवाट सुफथ मूल्यमा उपलब्ध गराउन सो मेला आयोजना गरिएको कम्पनीका अध्यक्ष ज्ञानुराजा शाक्यले जानकारी दिनुभयो । पाँच दिनसम्म मंगलवजारको हखाटोल (बुद्ध प्रतिमास्थल अगाडि) सो मेला सञ्चालन हुने छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्ष समेत रहनुभएका शाक्यले परिवर्तित समय, आम उपभोक्ताको नयाँ नयाँ चाहना, बढ्दो माग अनुरुप सुनसंगै हिराजवाहरातका गरगहनाहरुको माग बढीरहेकोले सो मेला गरिएको जानकारी दिनुभयो ।
प्रदर्शनीमा नयाँ तथा आकर्षक सुन र हिराका गहनाहरुको प्रदर्शनीमा राखिएको छ ।शाक्यका अनुसार मेलाका अवसरमा सुन तथा हिराका गरगहना खरिद गर्ने ग्राहकहरुलाई निशुल्क स्वास्थ्य बिमाको प्याकेज उपलब्ध गराउने छ ।१ लाख २५ हजार रुपैयाँसम्मका गहना खरिद गर्ने ग्राहकका लागि २ लाख रुपैयाँ सम्म बिमा गरिने छ ।
यस्तै १ लाख २५ हजार रुपैयाँ देखि २ लाख ५० हजार रुपैयाँ सम्मका गहना खरिद कर्तालाई ३ लाख रुपैयाँ बिमा गरिने छ । यसैगरी ३ लाख देखि ५ लाख रुपैयाँ सम्मको गरगहना खरिद गर्नेलाई पाँच लाख र ५ लाख देखि १० लाख सम्मको विमा गर्नेलाई १० लाख रुपैयाँकै बिमा प्याकेज दिने पनि शाक्यले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्य लगायतले बोल्नुभएको थियो।











प्रतिक्रिया