टाउकोमा ढुंगा लागेर महिला गम्भिर घाइते

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा ढुंगा लागेर एक महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर ३ खेती बस्ने ४० वर्षिय जानकी जोशीले रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जोशीलाई विहिबार विहान घरबाट आधा घण्टा टाढा पर्ने कालागाड भन्ने स्थानमा घाँस काटिरहेको अवस्थामा माथीबाट खसेको ढुंगा जोशीको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।

घाइते जोशीलाई उपचारका लागी जिल्ला अस्पताल दार्चुलामा ल्याएको भए पनि जिल्लामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते जोशी अचेत अवस्थामा रहेको अस्पतालले जनाएको छ ।