चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, आक्रोशित पक्षद्धारा ट्रकमा आगजनी

0
Shares

कृष्ण आचार्य, चितवन ।

पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक जना भने गम्भीर घाइते भएका छन् । ना५ ख ९८६१ नम्बरको ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो । मोटरसाइकलमा सवार गम्भीर घाइतेलाई भने उपचारको लागि भरतपुर अस्पताल ललिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् ।दुर्घटनाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।