गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
निर्मला पन्तको बलात्कार पछि हत्या घटनालाई लिएर सिंहदरबार अगाडि प्रदर्शन भएको छ । हत्यारालाई कारबाहीको माग गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । निषेधाज्ञा तोड्दै प्रर्दशनकारीले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

ब्यानर र पप्लेटसहित उनीहरुले गेट अगाडि नै बसेर धर्नासमेत दिएका थिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलको भातृ संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र समेत बुझाएका छन् ।