आर्इजीपी खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलार्इ ज्ञापन पत्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालार्इ ज्ञापन पत्र बुझाएको छ ।बिहीबार गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाएका हुन ।

सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनता असुरक्षीत रहेको र सिंगो संरचनालार्इ प्रभावकारी बनाउन सक्षम नभएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।