विमल बिष्ट, डोटी ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नु भएको छ । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उहाँको तर्क छ ।
डोटीको दिपायलमा बिहिबार अन्तर बिद्यालय महिला क्रिकेट प्रतियोगीताको उद्घाटन गर्ने क्रममा पुर्व मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको दाबी गर्नु भयो । पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उहाँको भनाइ छ ।
‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ, हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ उहाँले भन्नु भयो, उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु जे राखेनी ठिक थियो तर कसैलाई हेपिने नाम राखिनो र्दुभाग्य हो ।’ प्रदेशको स्थायी मुकाम धनगढी तोकिदा तत्कालीन भौतिक यातायत तथा निर्माण मन्त्री रहनु भएका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा भने आपत्ति जनाउनु भएको हो ।
साथै उहाँले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको दाबी गर्नु भयो । डोटी जिल्ला भरीका ८ बिद्यालयका करिब एकदजर्न टिमहरु उक्त प्रयोगितामा सहभागि भएका छन् । प्रतियोगिता यहि असोज २० सम्म सञ्चालन हुने आयोजक संस्था सुजङ माध्यमिक विद्यालयका निर्देशक नरेश बलायरले बताउनु भयो ।
क्रिकेट विकास सँगै महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको निर्देशक नरेश बलायरले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगिताको सेमिफाइनल र फाइनलमा हातमा कालोपट्टी बाँधेर सांकेतिक रूपमा महिला हिंसाको विरोध गरिनेछ । प्रतियोगिताको विजेता टिमले खसी पुरस्कार पाउने भएको छ ।











प्रतिक्रिया