बदनाम पप्पु कन्सट्रक्सनका मालिकलाई गिरफ्तार गर्न अदालतको आदेश

0
Shares

रौतहट । निर्माण क्षेत्रमा लापर्वाहीपूर्ण काम गरेको भन्दै बदनामी कमाएको पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले पूर्जी जारी गरेको छ ।

गत भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटनामा परी पाँच जनाको ज्यान गएको मुद्धामा प्रमुख रौनियारलाई अनुसन्धानका बोलाउदा नआएपछि पक्राउ गर्न आदेश दिएको हो ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

निर्माण कम्पनीको चरम लापरवाही भएको भन्दै स्थानीयले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।