निर्मलाको परिवारलाई न्यायको माग गर्दै खोटाङमा प्रदर्शन



रामधन राई, खोटाङ ।
बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको परिवारलाई न्याय दिलाउन माग गर्दै खोटाङमा प्रर्दशन गरिएको छ । निर्मलालाई बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै सोमवार नेपाल महिला संघ खोटाङले दिक्तेलवजारमा प्रदर्शन गरेको हो ।

घटनाको ५४ औं दिन बित्दा समेत बालिका हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै प्रर्दशन गरेका नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले वताउनुभयो । पिडितलाई न्यायको प्रत्याभुती दिलाउनका लागि दवाव स्वरुप बिरोध प्रदर्शन गरिएको अध्यक्ष राईको भनाई छ ।

बिरोध जुलुसका क्रममा कांग्रेसका जिल्ला नेताहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाउनुको सट्टा प्रहरीले उल्टै प्रमाण नष्ट गरेर पिडितलाई झनै पिडित बनाउने काम गरिएको भन्दै बिरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्