प्रभावकारी बन्दै आमा तथा बाल स्वास्थ्य पोषण



कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नगरपालिका–४ की २२ वर्षीया बसन्ती बिक आफनो १० महिनको छोरा देखाउदै भन्छिन –“मेरा बच्चाको स्वास्थ्य यति राम्रो होला भन्ने विश्वासनै थिएन,जन्मिदा पनि हेल्थी अवस्थाको जन्मियो ।” यो सवै जिल्लामा सञ्चालित आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमका कारणले भएको उनको ठम्याई रहेको छ ।

बसन्तीले गर्भवती भएको ८ औँ महिनावाट ३ केजी पौष्टीक आहर खान सुरु गरिन ९ आँै महिनामा बच्चा जन्माइन त्यस पछि जन्मिएको बच्चालाई समेत पौष्टीक आहार खुबाइरहेकी छन् ।

संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम डब्लुएफपी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रयासमा सन् २०१६ वाट कालिकोट जिल्लामा सञ्चालन हुदै आएका यो कार्यक्रवाट बसन्ती मत्रै नभएर यस जिल्लाका धेरै आमा तथा बालवालिकाहरु लाभान्वीत भएका छन् ।

विगतमा वर्षेनी सयौ बालबालिबाहरु कुपोषणको सिकार हुने भएपनि यो कार्यक्रम सञ्चालन भएपछि जिल्लामा कुपोषीत वालवालिकाहरुको सख्या धेरै मात्रामा घटदै गएको जिल्ला अस्पताल कालिकोटका पोषण फोकल पर्सन कटक महत वताउछन । विश्व खाद्य कार्यक्रमको सहयोगमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाले ३ वर्ष अघिवाट कालिकोट पठाएको सर्वोत्तम पिठो गाउँ–गाउँमा पुगेपछि कुपोषण लगातार न्यूनिकरण हुदै गएको छ ।

पोषण कार्यक्रम अन्तरगत गर्भवती महिला सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेकी महिला,६ महिना देखि २ वर्ष मुनिका बालवालिकाहरु लाभान्वीत भएका हुन् । यस्तै ६ देखि २३ महिना सम्मका बालवालिकाहरुका लागि गर्भवती सेवा,सुत्केरी सेवा बृद्धि अनुगमन,तथा पोषण सम्वन्धि परामर्श सेवाहरु प्रदान गर्दै आएको छ ।

जिल्लाको निश्चित भूभाग वा धनी गरीव समुदायमा भेदभाव नगरी सम्पूर्ण महिला तथा बालबालिकाहरुलाई पोषण सम्वान्धि फाइदा पुगाउने पहिलो कार्यक्रम रहेको खाँडाचक्र नगरपालिका –४ का वडाध्यक्ष धनसिंग विकको भनाइ रहेको छ ।

यस कार्यक्रम अन्तरगत पोषण परामर्श सेवा तथा अनिवार्य सरकारी सेवाका अतिरिक्त प्रत्येक महिला तथा बालबालिकाहरुका लागि ३ केजि सुपर सिरयल पौष्टीक आहार प्रत्येक महिनामा वितरण गर्ने गरिएको छ ।

वितरण गरिएको पौष्टीक आहारमा आवश्यकीय भिटामिन,खनिज तत्व प्रोटिन र कार्वोहाइड्रेट पाइने भएकाले यो प्रभाकारी रहेको छ ।
संयुक्त राष्ट्र संघिय बिश्व खाद्य कार्यक्रम नेपाल सञ्चार अधिकृत सितास्मा थापा, पोषण शाखा प्रमुख जर्ज मुटविरी,पोषण अधिकृत अमृत गुरुङ लगाएतको टोली कालिकोट जिल्लाका विभिन्न गाउँमा पुगेर वालवालिकाहरुको अवस्थाका वारेमा जनाकारी लिएको छ । टोलिले भर्ताको हुल्म स्टोर,जिल्ला अस्पताल कालिकोटमा वितरण वितरण तथा सेवा प्रवाह अवलोकन ताडि लुवारवाडा गाउँमा घरदैलो भेटघाट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्