स्थानीय सरकारकै आयोजनामा स्यार्पु पर्यटन महोत्सव हुने



धनवीर दाहाल, रुकुम ।
बिभिन्न मेला तथा महोत्सव आयोजना गरी अन्तमा आर्थिक हिसाव किताव पारदर्शि नभएको भनि आयोजकले आलोचना खेपीरहेको बेला रुकुम पश्चिममा भने स्थानीय सरकारले नै पर्यटन महोत्सव आयोजना गर्न थालेको छ । बाँफिकोट गाँउपालिकाले रुकुमको मुख्य पहिचानको रुपमा रहेको स्र्यापुताल छेउमा असोज ११ देखी १५ सम्म दोस्रो पर्यटन महोत्सव हुन लागेको हो । यस भन्दा अघि २०६७ सालमा पहिलो पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

“जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना हुने भएपछि मुल आयोजक समिती तथा बिभिन्न उपसमितीहरुले कामलाई तिब्रता दिएका छन् । रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पहिलो पटक पर्यटन महोत्सवको आयोजना गर्न लागेको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

महोत्सवमा रुकुमको स्थानीय संस्कृति, भेषभुषाको प्रर्दशनि, स्थानीय उत्पादनको बिभिन्न स्टलहरु राखिने छ । यसै गरी आधुनिक डुंगा शयर गर्न पाइने आयोजकले बताएको छ । महोत्सवमा बिभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुती राख्ने बताइएको छ । २.६ वर्ग किलोमिटरमा फैलिएको स्यार्पुको छाती टमक्क परेको छ । सिमैछरीबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई बासनामय बनाएको छ । स्पार्पुको छाती सुम्सुम्याउँदै कहिले डुङगा चड्ने त कहिले पौडी खेल्ने तन्नेरीहरु स्यार्पुकै अंगालोमा बेरिरहन मन पराउँछन । बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्न लायक हुन्छ । भरिभराउ तालको भदौदेखि असोज महिना भरी अवलोक गर्न सकिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणिय देखिन्छ ।

बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ निकै उपयुक्त छ । तालको सुन्दरता अवलोकण गरेर सारा दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर अझ धेरै मजालिन सकिन्छ । परम्परागत काठका डुंगा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरुले र्याफ्टिङ र आधुनिक डुंगाबाट स्यार्पुको काखमा रमाउने व्यवस्था छ ।

महोत्सवलाई आर्थिक सहयोग गर्नेलाई मुल आयोजक समितीद्धारा धन्यवाद

असोज ११ देखी १५ गते सम्म हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवका लागी बिदेशमा बस्ने बाँफिकोटका एक युवाले आर्थिक सहयोग गरेका छन् । बाँफिकोट गाँउपालिका ३ डार्ने घर भई हाल अमेरिका बस्दै आएका राकेस देवकोटाले स्यार्पु पर्यटन महोत्सवको अवसरमा हुने बिभिन्न खेलकुद प्रतियोगिताको सहयोगका लागी नेपाली दश हजार सहयोग गर्नुभएको हो । उहाँले पत्रकार धनवीर दाहालको नाममा खेलकुद प्रतियोगिताको लागी रु ११४३५ हजार पठाउनुभएको हो । पत्रकार दाहालले सो रकम पर्यटन महोत्सव मुल समारोह समितीलाई हस्तानतरण गर्नुभएको छ । आफ्नै ठाँउमा हुन लागेको महोत्सवलाई सहयोग गर्न देवकोटाले अन्य बिदेशमा बसिरहेका बाँफिकोटबासीलाई आग्रह समेत गर्नुभएको छ । आर्थिक सहयोग गर्ने देवकोटालाई गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले धन्यवाद दिनुभएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्