पत्रकार कार्कीलाई सम्मान



काठमाडौं ।
‘सेभ द हार्ट’ ले शुक्रबार रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरेको भन्दै संस्थाको पाँचौ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले पत्रकार कार्कीलाई सम्मानपत्र प्रदान गरेका थिए । एक दशकदेखि सक्रिय रही पत्रकारिता गर्दै आउनुभएका कार्कीलाई सम्मान गरिएको आयोजकले जनाएको छ । संस्थाले देशका विभिन्न कुना काप्चामा पुगेर दर्जनौं स्वास्थ्य शिविर सञ्चालन गरेर धेरै विरामीहरुको ज्यान जोगाएको जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रेक्टर प्रा.डा.सुधा त्रिपाठी, त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीश अग्रवाल, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन डा. अरुण सायमी र मनमोहन कार्डियो थोरासिस एण्ड टा«न्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठलगायतले मुटु रोगबाट हुने खतरा र यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्