सर्वाेच्चबाटै उमा भुजेल पुनः पक्राउ

0
Shares

काठमाडौँ ।

नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सर्वाेच्च अदालत परिसरबाट भुजेललाई पक्राउ गरेको हो । भुजेललार्इ पुनः पक्राउ गर्नुकाे कारण कुनै पनि खुलार्इएकाे छैन ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधिस् द्वय प्रकाशमानसिंह राउत र शारदा प्रसाद घिमिरेले संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थिए । आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको थियो ।

सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।