प्रहरी इन्सपेक्टरद्धारा पत्रकार माथि हातपात

0
Shares

घटनाको पत्रकार महासंघद्धारा निन्दा

कालीवहादुर मल्ल, कालिकोट ।
शुभकालिका गाउपालिका–६ का २८ वर्षीय हिमालय टाइम्स दैनिकमा तथा तिलान्यूज अनलाइन कालिकोटमा कार्यरत पत्रकार बिरेन्द्र आचार्यलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नीरिक्षक देबेन्द्र मल्लले बिहीबार हातपात तथा अभद्र व्यवहार गरेका छन् ।
समचार संकलन गर्न शुक्रबार जिल्ला प्रहरी कार्यालय गएको समयमा प्रहरी इन्सपेक्टर मल्लले अप शब्द बोलेको पत्रकार आचार्यले आरोप बताएका छन् ।
घटनाको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटले भदौ २२ गते प्रेस विज्ञप्ति प्रकाशन गरी निन्दा गरेको छ । महासंघ शाखाका कार्यवाहक अध्यक्ष मनिका वोराद्धारा हस्तक्षररित विज्ञप्तिमा पत्रकार आचार्यलाई हातपात तथा अपमान जनक ब्यवहार गर्ने प्रहरी निरिक्षक देबेन्द्र मल्ललार्ई कानूनी कार्वाहिको लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक संग माग गरिएको छ ।
यसका विषयमा आरोपी इन्सपेक्टर मल्लले कार्यलयमा होहल्ला भएको सुनेर धकेलेको र पत्रकार भनेर जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
घटनका विषयमा कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले आफू गाउँतिर रहेकाले सदरमुकाम फर्के पछि पत्रकार कुटन इन्सपेक्टरलाई अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडी वढाइने वताएका छन् ।