विकासमा दलाली नगर्न अर्थमन्त्रीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर
अर्थमन्त्री डा. युवराज खतिवडाले विकासमा दलाली नगर्न सुझाव दिनु भएको छ । भद्रपुर छोटी भन्सारको स्तरोन्नती गर्दै मंगलबार उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री खतिवडाले विकासका नाममा मोलमोलाइ गरेर परिवर्तन नआउने उल्लेख गर्दै गरिब जनताको लागि काम गर्न आएको हुँदा कसैको मन दुखाएर गरिएको विकास न्यायसंगत नहुने धारणा राख्नुभयो ।

सरकारमा रहुन्जेल कसैले औंला नउठाउने गरी काम गर्ने भएकाले सबैको सल्लाह सुझाव लिने गरेको बताउनुभयो । भन्सारको आवागमनमा भिडभाड हुने भएकाले भन्सार पँर्वाधार विस्तार गर्दै लैजाने उहाँको भनाइ थियो । भन्सारसँगै अन्य सरकारी कार्यालय सडकमा परेकाले खाली गर्ने शुरुवाती चाँडो गरिनुपर्ने सुझाव दिएका थियो ।

विगतमा भद्रपुरमा धानमिलको धुवाँ आउने गर्थो अहिले चियाको धुवाँ आइरहेको उहाँले बताउनुभयो । चिया उद्योगीले राखेका समस्याको बारेमा छलफल गरिने उहाँले बताउनुभयो । सरकारले भाडामा दिएको चिया उद्योगभन्दा निजी उद्योग सन्तोषजनक रहेको उहाँले उल्लेख गर्नुभयो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ६ लेनको सडक,काँकडभिट्टा बर्दिबास रेल–वे सेवा, बिर्तामोड भद्रपुर सडकको अवस्था, तेस्रो मुलुकमा बिजुली व्यापारलगायतको विषयमा गम्भिर छलफल भइरहको उहाँले जनाउनुभयो ।

केही हप्ता अघि चीनको विषेशज्ञ टोलीसँगै नदीमा गरिएको अनुगमनपछि गुरुयोजनाका बारेमा छलफल गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा राजस्व सचिव शिशिर ढुंगानाले भद्रपुर भन्सारलाई जग्गा अभावका कारण तत्काल पँर्णरुपममा सञ्चालन गर्न नसकिने बताउनुभयो । न्यँन बिजकको विषयमा कर्मचारीमाथि लाग्दै आएको आरोपलाई व्यवहारमा उत्तार्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल ,प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ,झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल र झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले आ–आफ्ना धारणा राखेका थिए ।

भारतको बिहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालय ३६ वर्षपछि पुनः प्रमुख भन्सार भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा रहेको भद्रपुर छोटी भन्सारलाई विभागले चालँ आर्थिक वर्षको शुरुबाट प्रमुख भन्सारको रुपमा मान्यता दिएको हो ।

अब झापाको पँर्वी सीमानामा भद्रपुर र मेची गरी दुईवटा प्रमुख भन्सार कार्यालय भएका छन् । वि.सं. २००८ सालमा झापामा एकमात्र प्रमुख भन्सारको रुपमा स्थापना भएको भद्रपुर पँर्व–पश्चिम महेन्द्र राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सारको स्थापना भइ भद्रपुरलाई छोटी भन्सारमा राखिएको थियो ।

वि.सं. २०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधिलाई मेची भन्सारले हेर्दै आएको थियो । मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नती भएको बताइएको छ ।
भद्रपुर–५ स्थित करिब १० कठ्ठा क्षेत्रफलमा भद्रपुर भन्सारमा हाल दुईवटा गोदामसहित एउटा भवन छ । पुरानो भवन भत्काएर पाँच वर्षअघि दुई तले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो । तर मेची पुल पश्चिम तर्फ रहेको भन्सार कार्यालयको उत्तरबाट सडक विस्तार हुने भएकोले कार्यालय भवनमा केही क्षति हुने भएको छ ।

भन्सार विभागले पँर्वाधारको योजनासँगै भद्रपुर भन्सारलाई दीर्घकालीन व्यवस्थापन नगरिएकाले सरकार, भन्सार विभाग र स्थानीय सरकारले तत्काल भन्सारको पँर्वाधार निर्माणमा जुट्नुपर्ने स्थानीय व्यवसायीको भनाइ छ ।
भारतको बिहार र बंगाल राज्य, बंगालदेशसहित भुटानसँगको दँरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पँर्वाधार निर्माणका लागि १० विगाहा जमिनको आवश्यकता रहेको कार्यालयले मेची भन्सार प्रमुख टेक बहादुर अर्यालले जानकारी दिनुभयो